कामपाको मतपरिणाम अन्तिम चरणमा

कामपाको मतपरिणाम अन्तिम चरणमा

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी रहँदा नेकपा(एमाले)को अग्रता कायमै छ ।

बत्तीस वडा रहेको सो महानगरमा २४ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याउनुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिराख्नुभएको छ । उहाँले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ