छोटो समयमा चर्चा बटुल्न सफल गायक सिमान्त सन्तोस

छोटो समयमा चर्चा बटुल्न सफल गायक सिमान्त सन्तोस

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,११ जेठ ।

नेपाली सांगितिक क्षेत्रमा छोटो समयमा चर्चा बटुल्न सफल गायक सिमान्त सन्तोसलाइ पुन अर्को गितमा दुर्गाले मुर्गा बनाउने भएकि छिन।

बाल्यकाल देखिनै कलाकारितामा सुनाैलाे भविष्य देख्ने सिमान्त कहिलेकाही स्टेजमा बिभिन्न राजनीतिज्ञहरुकाे नक्कल गर्छन् त कहिले चर्चित कलाकारको । यसरी नै दर्शकहरुलाइ भरपुर मनाेरन्जन गराउन माहिर सन्तोष माेडलिङ पनि उत्तिकै अाकर्षक ढंगले गर्ने गर्छन् । उचाई एल्वमबाट सांगितिक यात्रा सुरु गरेका सिमान्तले छिट्टै नै नयाँ “छुटाई गयौ किन कुन्नी” र दुर्गाले मुर्गा बनाइ , जहाँ छाै प्रिय तिमी गित बजारमा ल्याउदै छन् ।

उक्त बोलका दुई गित रेकड पनि भईसकेका छन् । विगत ३ बर्षदेखि औपचारीक रुपमा सांगितिक यात्रा सुरु गरेका सिमान्तले आफ्नो पहिलो गीत मेरो दिल दुखायौ के पायौँ बाट नै दर्शक श्रोताको मन जित्न सफल भएका थिए ।

झापाको बनीयानी कचनकवल गाउँपालीका वडा नम्बर ६ मा जन्मिएर हाल काठमाण्डौमा रहदै आएका सन्तोश सानै देखि सांगितिक क्षेत्रमा रुची राख्ने गर्थे । स्कुलमा कुनै कार्यक्रम हुदा होस् या गाउ घरमा केहि कार्यक्रम भएका बेला सधै गित गाउन तम्सन्थे र गाईहाल्थे ।

त्यतिमात्र हैन उनी मोडलिङ गर्ने र अभिनय समेत गर्ने गर्दथे ।  हालसम्म दर्जनौ बढी गीतहरुमा आफ्नो स्वर दिएका सागितिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका उनी नेपाल तथा भारतका बिभिन्न स्थानमा स्टेज प्रस्तुती पनि दिईसकेका छन् ।

सन्तोष पहिले मेराे दिल दुखायाै के पायौं ,तिमी पुजाकि थालि हाै, हेरिदेउन छड्के छड्के भन्दै बजार तथा नेट इन्टरनेट ,युटुबमा छरिएका थिए भने अब पुन छुटाइ गयौं किन कुन्नि ,जहाँ छाै प्रिय तिमी र दुर्गाले मुर्गा बनाई भन्दै दर्शकको मन मुटुमा बस्न अाउने भएका छन्।

कलाकारिता क्षेत्रमै रहेर अाफु देशका लागि केहि गर्न सकिन्छ भन्ने उदेश्य बाेकेका सन्तोष मान्छे जन्मेको मर्न र प्रकितिकाे नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई राेजे भन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी