भरतपुर महानगरको मतगणना रोचक बन्दै : आफ्नो जित हुने रेणुको दाबी

भरतपुर महानगरको मतगणना रोचक बन्दै : आफ्नो जित हुने रेणुको दाबी

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चितवन ,११ जेठ ।

भरतपुर महानगरपालिकाको मतपरिणाम अन्तिम चरणमा आउदा रोचक बन्दै गएको छ ।

सुरुदेखि नै अग्रता कायम गर्दै आएका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीलाई कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले कडा टक्कर दिईरहेकी छन् । उनले मतअन्तर घटाउदै लगेपछि कस्को पल्ला भारी होला भन्न सक्ने अवस्था छैन ।
पछिल्लो मत परिणाम अनुसार एमाले मेयर उम्मेदवार ज्ञवाली माओवादीकी मेयर उम्मेदवार दाहाल भन्दा १३ सय ७६ मतले अगाडि हुनुहुन्छ । देवी ज्ञवालीले ३२ हजार ५५ मत ल्याउनुभएको छ भने रेणु दाहालले ३० हजार ६ सय ७९ मत ल्याउनुभएको छ ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३३ हजार ८ सय ३२ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २८ हजार ८ सय १६ मत ल्याउनुभएको छ ।
निर्वाचन आयोगका अनुसार वडा नम्बर १ देखि १५ र २५ देखि २९ वडासम्मको मतगणना भइसकेको छ । अब भने १६ देखि २४ वडाको मतगणना गर्न बाँकी रहेकाले मेयरमा कस्ले बाजी मार्छ भन्ने अनुमान लगाउन समेत कठिन छ ।

यसैबीच मेयरका उम्मेदवार दाहालले आफू जित्नेमा विश्वस्त भएको दावी गरेकी छिन् ।

भरतपुरका जनताले आफ्ना पक्षमा मत दिएको बताउँदै रेणुले शुरुका वडामा सोचेजस्तो मत नआएपनि १३ नम्बर वडापछि आफ्नो पक्षमा राम्रो मत आएको बताईन ।

आफुलाई चुनावी तालमेल अनुसार नै काग्रेसका समर्थकले समेत मत दिएको भन्दै उनले ३५ सय देखि ५ हजार मत फरकले हामी जित्ने दाबी गरिन् ।

चुनाव अघि र पछि आफ्ना बारेमा अनावश्यक भ्रम र चर्चा सिर्जना गरेर मतदातालाई दिग्भ्रमित गर्न खोजेपनि भरतपुरका जनताले आफूलाई मत दिएको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ