काठमाण्डौ ,११ जेठ ।
प्रधानमन्त्रि पुष्पकमल दाहालले राजिनामा दिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गर्नुभएको छ ।
त्यसका लागी उहाँले आज बिहीबार ठूलो दलको नेताका हैसियतमा संसद्मा रहेका दलहरूलाई सहयोगका लागि पत्र पठाउदै हुनुहुन्छ ।
‘राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रूपमा सभापति दृउवाले नयाँ सरकार गठनको लागि पहल थाल्नुहुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो । ३१ जेठको दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने पहल स्वरुप उहाँ अद्दि बढ्नुभएको छ ।
तर अहिलेकै सत्तागठबन्धन मिलेर नयाँ सरकार गठन गर्ने भएपछि सहमतीय सरकार बन्ने सम्भावना कम छ । गठबन्धन दल एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल एमालेले सरकार गठनमा चासो नदेखाउने भएको छ । यस्तो अवस्थामा सहमतीय सरकार गठन हुने सम्भावना न्यून रहेको देउवानिकटका नेताहरुको धारणा छ ।
‘परम्पराअनुसार सहमतीय सरकारको लागि प्रयत्न गर्न नछाड्ने तर, सहमतीय सरकार गठन हुने सम्भावना अत्यन्त कम रहेको उनीहरुको धारणा छ ।
सहमतीय सरकार गठनको सम्भावना कम भएपछि कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरमलाई समेटेर गठबन्धन बनाउने तयारी देउवाको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा आओस् भन्ने चाहना भए पनि सुरुमा नै उसलाई ल्याउने पक्षमा देउवा नभएको स्रोत बताउँछ ।