चितवन ,११ जेठ ।
भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । एमालेका ज्ञवालीले ३० हजार ६ सय ८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले २८ हजार ९ सय ३३ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म गठबन्धनकी रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली १ हजार ७ सय ४९ मतले अघि हुनुहुन्छ । रेणु दाहालको मत अन्तर क्रमशस् घट्दै गएको छ। यहाँ कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर जारी छ ।
हालसम्म गण्ना सकिएका वडाको को को विजयी ?
वडा नं १ कांग्रेस- जयराम श्रेष्ठ
वडा नं २ एमाले- पूर्ण बहादुर श्रेष्ठ
वडा नं३ कांग्रेस- चन्द्रमित्र पण्डित
वडा नं ४ एमाले- हरि प्रसाद आचार्य
वडा नं ५ एमाले- पदमपाणी सुबेदी
वडा नं ६ कांग्रेस- हरि बिलास अधिकारी
वडा नं ७ एमाले- राजेन्द्र मणि काफ्ले
वडा नं ८ कांग्रेस- दामोदर न्यौपाने
वडा नं ९ एमाले- यामलाल कंडेल
वडा नं १० एमाले -अरूण पिडीत भण्डारी
वडा नं ११ एमाले- बाबुराम अधिकारी
वडा नं १२ एमाले- नरेन्द्र कनदङवा
वडा नं १३ माओवादी – प्रकाश दवाडी
वडा नं १४ कांग्रेस – ओम प्रसाद पोख्रेल
वडा नं २५ माओवादी – विजय भुजेल
वडा नं २६ माओवादी – ज्ञानप्रसाद खनाल
वडा नं २७ कांग्रेस- गोविन्द तामांग
वडा नं २८. एमाले -आश बहादुर कुमाल
वडा नं २९. एमाले- मान बहादुर मगर