हेटौंडाको प्रमुखमा एमालेका महत विजयी , उपप्रमुखमा पनि एमालेकै लामा निर्वाचित

हेटौंडाको प्रमुखमा एमालेका महत विजयी , उपप्रमुखमा पनि एमालेकै लामा निर्वाचित

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

हेटौंडा, जेठ १० ।
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिबहादुर महत विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत प्रमुखमा निर्वाचित हुनुभएको हो ।

आज सम्पन्न मतगणनाअनुसार महतले २३ हजार १२४ र पराजुलीले २२ हजार ५०९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि एमालेकै मीना लामा निर्वाचित भएकी छन् । लामाले २३ हजार ४३७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत प्राप्त गर्नुभयो ।

हेटौंडा उपमहानगरमा एमालेले १२ ओटा वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ ओटा वडा जितेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ