प्रधानमन्त्री कप क्रिकेटमा पुलिस ७ विकेटले विजय

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस ७ विकेटले विजय

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं १० जेठ ।
विभागीय क्लब नेपाल पुलिसको क्रिकेट टिमले प्रधानमन्त्री कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
युवा बलर सुशिल कँडेलले बलिङमा ५ विकेट तथा अमित श्रेष्ठले ब्याटिङमा अर्धशतक प्रहार गरेपछि पुलिसले सुदूरपश्चिमाञ्चललाई आज ७ विकेट पराजित गरेको हो ।
सुपले दिएको १७१ रनको लक्ष्य पुलिसले २४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गयो ।
कीर्तिपुरस्थित टियू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ८ बल बाँकी छदा १७० रनमा अलआउट भयो । सुदूर पश्चिमका लागि ज्ञानेन्द्र कँवलरे सर्वाधिक ४९ रन बनाए भने भिम शार्कीले २८, सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङमा पुलिसका सुशिल कँडेलले ५ तथा ललित सिह भण्डारीले ३ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका सुशिलले २ मेडन राख्दै २१ रन मात्र खर्चेर ५ विकेट लिएका हुन्। जारी प्रतियोगिताको एकै खेलमा ५ विकेट लिने सुशिल दोस्रो खेलाडी बनेक छन् ।
सुदूरपश्चिमका सागर भण्डारी विकास अग्री र भिम शार्कीले १र१ विकेट लिए । जितपछि समूह बीमा पुलिस र विभागीय टोली आर्मी समान २ अंक जोडेको छ ।
प्रतियोगिताअन्तर्गत भोली बिहिबार समूह बी पूर्वाञ्चल र पुलिसबीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी