कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी

कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

कालीकोट, १० जेठ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले)का धिरबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याउनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनशोभा बुढा विजयी हुनुभएको छ । उहाँले दुइ हजार २४९ मत ल्याई विजयी हुुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुनिता बुढाले दुई हजार ३८ मत ल्याउनुभएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा (एमाले), तीनवटा वडामा नेकपा (माओवादी केन्द्र) र दुईवटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताउनुभएको छ ।

कालीकोट जिल्लामा दुई नगरपालिका (तिलागुफा र रास्कोट) सहित तीन गाउँपालिका (पचालझरना, सान्नित्रिवेणी र पलांता)मा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ ।

महावै गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ