ललितपुर महानगरपालिकाको मेयर बने कांग्रेसका चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाको मेयर बने कांग्रेसका चिरिबाबु महर्जन

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

ललितपुर, ९ जेठ । पहिलो चरणमा स्थानिय तह निर्वाचन भएको मुलुकका चार महानगरपालीका मध्ये एकको नतिजा सार्वजनिक भएको छ ।ललितपुर महानगरपालिकाको मेयरमा  चिरीबाबु महर्जन विजयी हुनुभएको छ ।

अत्यन्तै झिनो मतअन्तरका साथ अग्रता लिइरहेका महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित हुनु भएकाे हाे। मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएको ललितपुरका कांग्रेस सांसद चन्द्र महर्जनले जानकारी दिनुभयाे । उहाँका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत परेको छ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी हुनुभएकाे छ ।उहाँकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाउनु भयाे ।

ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ ।

नेकपा एमाले भने ११९ स्थान जित्दै पहिलो पार्टी बनेको छ । तेस्रो स्थानको माओवादी केन्द्रले ४६ स्थान जितेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ