साइप्रस। वैदेशिक रोजगारीको क्रममा साइप्रसमा रहे पनि सप्तरीकी कोपिला दाहाल गीत संगीतमा सक्रिय रुपमा लागि परेकी छिन्। उनको पछिल्लो गीत “म नेपालकी छोरी” को म्युजिक भिडियो हालै सार्बजनिक भएको छ।
बाल्यकालमा बन पखेराहरुसँग बिताएको झणलाई समेटिएको उक्त गीतको शब्द पनि गायिका कोपिला दाहालको नै रहेको छ। उक्त गीतको संगीत सागर अधिकारी र एरेन्ज सुदिप सागरको रहेको छ। म्युजिक भिडियोमा चर्चित नायिका तथा मोडल नम्रता सापकोटा, म्युजिक भिडियोका निर्देशक सुरेन बस्याल र बालकलाकार आस्मिक सुबेदीको अभिनय रहेको छ।
नेपालमा करिब १५ बर्ष अघि सँगीत गुरु रामकुमार खड्कासँग गायन सिकेकी कोपिला सानो उमेरदेखिनै गीतहरु गाउने गर्थिन । बिबाह पश्चात उनि गायनमा सक्रिय भएर लागेकी कोपिलाको पहिलो गीत दश वर्ष अगाडि रेकर्ड गरिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline