काठमाण्डौ ,९ जेठ ।
पदबाट राजिनामा दिने तयारी गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले सो बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा मधेसी मोर्चाका शिर्ष नेताहरुलाई जानकारी गराउनु भएको छ ।
बालुवाटारमा आज बिहान बसेको प्रमुख तीन दल तथा मधेसी मोर्चाको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले कांग्रेससँगको पूर्वसहमतिअनुसार आफुले पदबाट राजिनामा दिन लागेको जानकारी गराउनु भएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्षी दल एमालेलाई आफु प्रधानमन्त्री हुँदा काग्रेससँग भएको सहमती अनुरुप आफुले राजिनामा दिएर काग्रेसका सभापति देउवालई प्रधानमन्त्रीमा समर्थन गर्ने जानकारी गराउनुभएको उहाँ प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार आफ्नो कार्यकालमा प्रतिपक्षले निर्वाह गरेको भूमिकाप्रति एमालेलाई धन्यवाद दिदै अब काग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यसमा आफुले समर्थन गर्ने बताउनु भएको थियो ।
बैठकमा सहभागी एमालेका नेताहरुले भने दोस्रो चरणको निर्वाच सम्पन्न नहुदासम्म सरकार परिवर्तन गर्नु उचित नभएको धारणा राखेका थिए । यस्तै उनीहरुले बिना छलफल सरकारले तराईमा स्थानिय तहको सङख्या बढाएके प्रति भने आपत्ती जनाएका छन् ।
उनीहरुले मोर्चाको माग संबोधन गर्ने नाममा सरकारले हचुवाको भरमा स्थानिय तहको सङख्या बढाएको भन्दै यो गलत भएको धारणा राखेको स्रोतले जनाएको छ ।