दोस्रो चरणको निर्वाचन सरकारका लागि चुनौती : राणा

दोस्रो चरणको निर्वाचन सरकारका लागि चुनौती : राणा

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर ,९ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शम्सेर राणाले स्थानीय तहको निर्वाचनसँगै सरकारले दोस्रो चरणको निर्वाचनका लागि बिभिन्न चुनौतीको सामना गर्नु पर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई मतको आवश्यकताका साथै मधेशको समस्या समाधान नभए निर्वाचन असम्भव रहेकाले सरकारले बिभिन्न खालकाका चुनौतीको सामना गर्नु पर्ने बताउनु भएको हो ।

उहाँले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जानु, चुनाव परिचालन तवर तरिका नमिल्नु र राप्रपालाई अन्र्तघात हुनु नै निर्वाचनमा राप्रपाले लज्जास्पद पराजय भोग्नु परेको बताउँनु भयो ।

आफूले राप्रपा छाडेर अर्को पार्टी खोल्न लागेको बिषय सामाजिक सञ्जालको हल्ला मात्र भएको उहाँले बताउनु भयो । उहाँले सरकारले ल्याउन लागेको बजेटको स्वागत गर्दै देशको समृद्धिका लागि पनि बजेट आउनुपर्नेमा जोड दिनु भयो । सरकारले नयाँ खालको कुनै आर्थिक प्याकेज नल्याउने र देशको नियमिति हरेक गतिबिधिका लागि बजेट आवश्यक रहेकाले बजेट ल्याउनु पर्ने उहाँले स्पष्ट पार्नु भयो ।

बरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपा नेपालले आफनो सहभागिता जनाउँने भन्दै तराई मधेशमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा पनि राप्रपाले सरकारलाई सहयोग गर्ने र आफु पनि निर्वाचनमा सहभािग हुने जानकारी दिनु भयो ।

आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउँनुपर्ने बताउँदै उहाँले देशमा तत्कालै संसदीय निर्वाचन पनि आबश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रम रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ