काठमाडौ, ९ जेठ ।
सर्वाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पूर्वान्चल विका क्षेत्रले विभागिय टिम त्रिभुवन आर्मिसामु १ सय ४ रनको लक्ष प्रस्तुत गरेको छ ।
आजदेखि किर्तिपुर स्थीत त्रिबि क्रिकेट मैदानमा सुरु भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पूर्वान्चलले ३२ दशमलभ ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको सामान्य योगफल तयार गरेको हो ।
पूर्वान्चलको ईनिङसमा महबुब आलमले सर्वाधिक ३६ रन बनाएका थिए। बिधान गोस्वामीले १९ र अंकित सुबेदीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
पुर्वान्चललाई कम स्कोरमा समेट्ने क्रममा आर्मिका सागर पुनले पाँच तथा सुसान थामिले ३ विकेट लिए । यस्तै सोमपाल कामलिे २ विकेट लिएका थिए ।
१ सय ४ रनको लक्ष पाएको आर्मिले अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।
आगामी जेठ २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रका टोलीसहित विभागीय टीम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहभागी छन् ।
प्रतियोगिताबाट आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत हङकङसँग हुने खेलका लागि खेलाडी छनोट हुने छ । ८ टोली सहभागी खेल दुई समूहमा विभाजन गरी खेलाइनेछ ।
समूह ए मा सशस्त्रको एपीएफ क्लब, पश्चिमान्चल, मध्यपश्चिमान्चल र मध्यमाञ्चल विकास क्षेत्र छन् भने समूह बि मा त्रिभुवन आर्मी, नेपाल पुलिस, पूर्वाच्चल र सुदूरपश्चिमान्चल विकास क्षेत्र रहेका छन् ।
प्रतियोगिताका विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनल पुग्ने समूहले ५० हजार र लिगका खेल जित्ने समूहले प्रत्येक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको म्यान अफ दि सिरिजले एकलाख तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।