सत्ताका लागि ठूला दलको तालमेल घातक : भट्टराई

सत्ताका लागि ठूला दलको तालमेल घातक : भट्टराई

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

भीमदत्तनगर, ९ जेठ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गर्नुभएको छ ।

आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस– माओवादी केन्द्र तथा एमाले– राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाउनुभयो ।

भट्टराईले राष्ट्रियता र स्वाधीनताको प्रश्नमा मुख्य शक्तिहरु विभाजित हुनु दुःखद भएको बताउदै केही शक्ति भारत र केही चीनलाई रिझाउन लागेको आरोप लगाउनु भयो ।

भट्टराईले नेपालमा एउटा पक्ष भारतीय शक्ति केन्द्रलाई रिझाउने र अर्को पक्ष नयाँ शक्ति केन्द्रको रुपमा उदाएको चीनलाई रिझाएर अर्को ध्रुव खडा गर्ने प्रयासमा लगिपरेको बताउनु भयो ।

भारतमुखी र चीनमुखी तत्वहरुले मुलुकको राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्तामाथि आँच र्पुयाउने काम गररिरहेको उहाँको भनाई छ । यस्तो ध्रुवीकरण देशभित्र मात्र नभइ बाह्य शक्ति केन्द्रहरुलाई निम्त्याएर देशलाई ठूलो सामरिक केन्द्र बनाउने प्रयास भइरहेको दावी गर्नु भयो ।

पहिला स्थानीय तहको चुनाव गरेर सरकार उल्टो बाटोमा हिडेको भन्दै भट्टाराईले संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म सत्तामा बसिराख्नुको साटो सुरुमै संसदको निर्वाचन गराउनु पर्ने धारणा राख्नुभयो ।

संयोजक भट्टराईले विभिन्न प्रतिकूलताका बावजुद अहिलेको चुनावलाई संघर्षको मोर्चाको रुपमा प्रयोग गरिरहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ