काठमाडौ ,९ जेठ ।
पहिलो चरण अन्तरतगत गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको काठमाडौसहित मुलुकका चार वटै महानगरपालिकाको मतगणना जारी छ ।
जसमध्ये तीन महानगरमा एमालेले आफ्नो अग्रता कायम राखेको छ भने एकमा कांग्रेस शिर्ष स्थानमा यथावत छ । काठमाडौसहित भरतपूर र पोखरा लेखनाथ महानगरमा नेकपा एमालेको अग्रता कायम छ ।
यता ललितपूर महानगरपालिकामा भने नेपाली कांग्रेस शिर्ष स्थानमा यथावत छ । पछिल्लो मतपरिणाम अनुसार काठमाडौ महानगरपालिकामा नेकपा एमालेका विद्या सुन्दर शाक्य करिब १० हजार मतले अघि हुनुहन्छ ।
शाक्यले ३३ हजार २ सय २१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका राजुराज जोशी २३ हजार ८ सय ४ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । विवेकशील पार्टीका रन्जु दर्शनाले १२ हजार ८ सय १२ मत प्राप्त गर्दा साझा पार्टीका किशोर थापाको ९ हजार ६ सय ६२ मत छ ।
उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ २९ हजार ७ सय २० मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी राप्रपाका राजाराम श्रेष्ठले १८ हजार ९५ मत पाउनु भएको छ ।
यस्तै ललितपूर महानगरपालिकामा नेपाली कांगैसका चिरीबाबु महर्जन २१ हजार ६ सय मतसहित शिर्ष स्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिकृष्ण व्यन्जनकारले २० हजार ५ सय ६० मत पाउनु भएको छ ।
उपमेयरमा १६ हजार ६ सय ९९ मतसहित कांग्रेसका गीता सत्याल अग्रस्थानमा हुनुहुन्छ भने एमालेका शोभा शाक्य १३ हजार १ सय मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
उता भरतपूर महानगरिपालिकामा एमालेका देवी ज्ञवाली शिर्ष स्थानमा कायम रहनुभएकोछ ।
ज्ञवालीले २४ हजार ९ सय १२ मत पाउनु भएको छ भने माओवादी केन्द्रका रेनु दाहालले २१ हजार ५ सय २३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसका पार्वती शाह २४ हजार ६ सय ४६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
पोखरा महानगरपालिकामा पनि एमाले नै अग्रस्थानमा देखिएको छ । महानगरको मेयरमा एमालेका मानबहादुर जिसी २२ हजार ३ सय २९ मतसहित शिर्ष स्थानमा रहँदा कांग्रेसका रामनी कुँवरले १९ हजार ९ सय ३ मतसहित पछ्याइरहनु भएको छ ।
उपमेयरमा पनि एमालेकै रन्जुदेवी गुरुङ शिर्ष स्थानमा छ । गुरुङले २० हजार ९ सय ६६ मत पाउनु भएको छ भने कांग्रेसका सरस्वती गुरुङले १८ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ ।
उता हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाली काग्रेसका आनन्दराम पराजुली १८ हजार ८ सय २४ मतसहित अग्रस्थानमा हुनुहन्छ । उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका हरिबहादुर महतले १८ हजार ७ सय ६९ मत ल्याउनुभएको छ ।
हिजो दिनभरजसो महतले अग्रता बढाए पनि आज बिहानैबाट भने कांग्रेस माओवादी गठबन्धनका उमेदवार पराजुली अघि देखिनु भएको हो । निर्वाचन आयोगका अनुसार हालसम्म २ सय ७४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
अब चार महानगरसहित ९ स्थानको मतपरिणाम आउन बाँकी छ । हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेकपा एमाले १ सय १८ स्थानमा विजयी भएको छ भने ६ स्थानमा अघि देखिएको छ ।
नेपाली कांग्रेस कांग्रेस १ सय ३ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अघि देखिएको छ ४६ स्थानमा जीत हात पारेको नेकपा माओवादी केन्द्र एक स्थानमा अघि देखिएको छ ।