काठमाडौ ,९ जेठ ।
सर्वाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिता आगामी जेठ २४ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्रका टोलीसहित विभागीय टीम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा आज विभागिय टीम आर्मी विरुद्ध पूर्वान्चल मैदान उत्रदैछ ।
प्रतियोगिताबाट आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत हङकङसँग हुने खेलका लागि खेलाडी छनोट हुने छ । ८ टोली सहभागी खेल दुई समूहमा विभाजन गरी खेलाइनेछ ।
समूह ए मा सशस्त्रको एपीएफ क्लब, पश्चिमान्चल, मध्यपश्चिमान्चल र मध्यमाञ्चल विकास क्षेत्र छन् भने समूह बि मा त्रिभुवन आर्मी, नेपाल पुलिस, पूर्वाच्चल र सुदूरपश्चिमान्चल विकास क्षेत्र रहेका छन् ।
प्रतियोगिताका विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनल पुग्ने समूहले ५० हजार र लिगका खेल जित्ने समूहले प्रत्येक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको म्यान अफ दि सिरिजले एकलाख तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।