काठमाण्डौ महानगरका १३ वटा वडाको मत सार्वजनिक(कहाँ को विजयी ?)

काठमाण्डौ महानगरका १३ वटा वडाको मत सार्वजनिक(कहाँ को विजयी ?)

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौै ८ जेठ ।
काठमाडौै महानगरपालिकाको आज सार्वजनिक गरिएको पाँच वटा वडामा नेकपा (एमाले)ले चार र नेपाली कांँग्रेसले एक वडामा जित हासिल गरेको छ ।

वडा नंं ३ का वडाध्यक्षमा एमालेका दीपक केसीले तीन हजार ६२ मत प्राप्त गरेर विजय हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँंग्रेसका विदुर कार्कीले एक हजार ५४२ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा पनि एमालेका नै विजय हुनुभएको छ ।

खुला सदस्यमा कृष्ण चालिसे र प्रेम थापा तथा महिला सदस्यमा सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार ५ नं वडामा नेपाली काँग्रेसका रमेश डङ्गोल एक हजार ६८० मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले एक हजार ६७५ मत प्राप्त गर्नुभएको छ । अन्य सबै सदस्य काँग्रेसबाट विजयी हुनुभएको छ । खुला सदस्यमा उत्तमराज शर्मा र सुमन न्यौपाने तथा महिला सदस्यमा मीना सिंह र दलित महिला सदस्यमा कृष्णमाया नेपाली विजयी हुनुभएको छ ।

यस्तै २२ नं वडामा एमालेका चीनकाजी महर्जन एक हजार ६५७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी शालिकराम तण्डुकारले एक हजार ६४९ मत ल्याउनुभएको छ । यस्तै महिला सदस्यमा कांँग्रेसकी रस्मिला मल्ल, दलित महिलामा एमालेकी गीता परियार र खुलातर्फ काँग्रेसका अनिल हाडा र यक्षमान तुलाधर विजयी हुनुभएको छ ।

यस्तै २३ नंमा एमालेका मचाराम महर्जन एक हजार ९९८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी काँंग्रेसका लक्ष्मीनारायण मानन्धरले ८८० मत प्राप्त गर्नुभएको छ । खुला सदस्यतर्फ राप्रपाका गोपाल नापित र एमालेका ज्योति शाक्य तथा महिला सदस्यमा एमालेकी चन्द्रादेवी मानन्धर र दलित महिलामा कञ्चन नेपाली विजयी हुनुभएको छ ।

यस्तै वडा नं २४ का वडाध्यक्ष एमालेका बालकृष्ण श्रेष्ठ एक हजार ४५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदराज भण्डारीले ९१४ मत प्राप्त गर्नुभएको छ । अन्य चार खुला सदस्यमा एमालेकै विजयी हुनुभएको छ ।

खुला सदस्यमा विनोद तुलाधर र सुमन स्थापित तथा महिला सदस्यमा लक्ष्मी महर्जन विजय हुनु भएको छ । सो वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म महानगरपालिकाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ