पश्चिमको कौराले पूर्वेलीको माया संगाल्दै गायक गुरुङ (भिडियोसहित)

पश्चिमको कौराले पूर्वेलीको माया संगाल्दै गायक गुरुङ (भिडियोसहित)

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं।

चर्चित कौराका राजा मानिने गायक गणेश गुरुङ पछिल्लो समय निकै ब्यस्त बन्दै आएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा कौराका भाकाको एकछत्र राज गर्दै आएका गुरुङले दर्शक तथा स्रोतमाझ अर्को कौरा भाका ल्याएका छन् ।
गुरुङको कौरा भाकालाई गायक गुरुङ र धनबहादुर गुरुङले लेखेका हुन् जसमा गायक गुरुङ, राजु गुरुङ, डिवि गुरुङ, गायिका मुना थापा मगर, चिना थापा र बबिता गुरुङको स्वर रहेको छ । गीतमा गायक स्वयंमले लय भरेका छन् ।
‘सुनको औँठी’ बोलको कौरा भाकाले विशेषगरि पूर्व र पश्चिमको संस्कृतिलाई एउटै डोरिमा बाँध्ने प्रयास गरेको छ । गीतका टुक्काहरुमा पश्चिमको संस्कृतिलाई पूर्वमा परिचत बनाउन खोजिएको छ । विशेष गरेर पूर्वको धरान वरिपरि बस्ने गुरुङ, राई, लिम्बूहरुलाई पश्चिमको गीतसंगीत र संस्कृतिमा परिचित गराउन खोजिएको गायक गुरुङले बताए ।

उक्त गीतलाई निर्देशक मनाङ गुरुङको निर्देशनमा म्युजिक भिडियो निर्माण गरएको छ । गीतको सम्पुर्ण छांयाकनको काम पूर्वको धरान र आसपारमा नै गरिएको हो । गीतलाई खेम थापाले खिचेका हुन्, भने बिष्णुहरी तिमिल्सीनाले सम्पादन गरेका हुन् ।


कौरा र सालैजो विशेष गरि पश्चिमि गुरुङ र मगर समुदायमा लोकप्रिय मानिन्छ । गुरुङ विशेष गरेर कौरा र सालैजो गीत गाउन माहिर गायकका रुपमा परिचित गायक गुरुङले केही समयअघि गुरुङ चलचित्र प्हिरुमालामा समेत नायकको भूमिका निर्वाह गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी