काठमाणडाै महानगरमा एमालेका शाक्य ७ हजार मतले अगाडि (अपडेट)

काठमाणडाै महानगरमा एमालेका शाक्य ७ हजार मतले अगाडि (अपडेट)

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं ,८ जेठ ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवारकाे भारी अग्रता छ। एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो अग्रता बढाउँदै लगेपछि कांग्रेसका उम्मेदवार राजुराज जोशी पछि पर्नु भएकाे छ। पछिल्लो मत परिणाम अनुसार जोशी शाक्य भन्दा झण्डै सात हजार मतले पछि हुनुहुन्छ। काठमाडौं महानगरमा दोस्रो स्थानका लागि कांग्रेस, विवेकशील र साझा पार्टीको त्रिपक्षीय भिडन्त भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस भन्दा एमाले ६ हजार ९ सय ७२ मतले अगाडि छ। एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले २४ हजार २२ मत ल्याउनु भएको छ भने कांग्रेसका राजुराज जोशीले १७ हजार ५० मत ल्याउनु भएको छ। उपमेयरमा भने कांग्रेस-माओवादी निक्कै अगाडि देखिएको छ । कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गीले २१ हजार ७ सय ३२ मत ल्याउनु भएको छ। एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजाराम श्रेष्ठले १२ हजार ९ सय ८१ मत ल्याउनु भएको छ ।

विवेकशील पार्टीकी स्वतन्त्र मेयर उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ६ सय ८८ मत ल्याउनु भएको छ भने साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले सात हजार तीन सय १४ मत ल्याउनु भएको छ। साझा पार्टीकी उपमेयर निरुपमा यादवले भने चार हजार ३ सय ९० मत ल्याउनु भएको छ।

माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले २ हजार ६ सय ५३ मत ल्याउनु भएको छ भने उपमेयर सुशीला पौडेलले तीन हजार ६ सय ३९ मत ल्याउनु भएको छ। काठमाडौं महानगरमा अहिलेसम्म वडा नम्बर १, २, २५, २७ र २८ को परिणाम घोषणा भइसकेका छन् । ३, ४, ५, ६, ७, २२, २३, २४, २६, २९, ३०, ३१, ३२ अहिले मत गणना भइरहेको छ । १३ स्थानबाट मतगणना भइरहेको छ । आइतबार बिहानसम्म ६९ हजार ६५४ मत गनिसकिएको छ ।

काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेका छन् । तर वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए ।

मत गणना सुरु भएको एक हप्ता पुग्दासम्म एक चौथाई पनि मतगणना सकिएको छैन् । एक चौथाई मत मात्र गणनामा शाक्यले करिब ७ हजारले अग्रता लिएपनि उहाँको विजयी सुनिश्चित भने नभएको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ