मिस एसईई आइडल २०१७ बनिन् अनुषा राई 

मिस एसईई आइडल २०१७ बनिन् अनुषा राई 

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

 

काठमाणडाै ।

ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन ।

शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन l

त्यसगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना महर्जन र थर्ड रनरअपमा रुबी कक्षपतिले उपाधि हात पार्न सफल भएका थिए l

अन्य बिबिध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए ।

कार्यक्रमको कोरियोग्राफर नमिता भण्डारीले गरेकी थिइन् । नब प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराई तथा एस ई ई एक्जाम दिएर बसेका बिध्यार्थीहरुलाई व्यबसायी मोडल बनाउन आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष सावित्री ढुंगानाले बताइन ।

उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी