कागेश्वरी मनोहराको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

कागेश्वरी मनोहराको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ६ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) को अग्रता छ ।

पछिल्लो मत परिणामअनुसार, प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत प्राप्त गर्नुभएकोे नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयाँलले एक हजार ९३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ५९६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी विन्दु सिम्खडाले चार हजार ७८२, काँग्रेसकी अनिता अधिकारीले चार हजार ७२९, माओवादीकी रुकु रणपालले एक हजार ४४९ र राप्रपाकी कुस्मा नगरकोटीले ७१८ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाका एकदेखि पाँच नं– वडासम्मको मतगणना सम्पन्न भएर अहिले वडा नं– ६ को मत गणना भइरहेको छ । वडा नं– १, ३ र ५ मा एमाले एवम् वडा नंं २ र ४ मा काँग्रेसले वडा अध्यक्ष तथा सदस्य पदमा विजय हासिल गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ