मुम्बई आइपिएल क्रिकेटको फाइनल प्रवेश

मुम्बई आइपिएल क्रिकेटको फाइनल प्रवेश

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ,६ जेठ ।
कोलकातालाई हराउदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो प्लेअपमा गएराति कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई दशौं आइपीएलको उपाधि नजिक पुगेको हो ।

बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धा्रित २० ओभरको खेलमा १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रनको सामान्य स्कोर बनायो ।

जसका लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बनाएका थिए । अन्य खेलाडीले भने खुलेर खेल्न सकेनन् । कोलकातालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वा्धिक ४ विकेट लिए ।

यस्तै बुमराहले ३ विकेट लिँदा मिचेल जोहन्सनले २ विकेट लिएका थिए । १ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै विजयी बनेको थियो ।

मुम्बईका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए । यस्तै रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी