आकाश मिचिएको शहरको लोकार्पण सम्पन्न

आकाश मिचिएको शहरको लोकार्पण सम्पन्न

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली संगीत क्षेत्रमा पछिल्लो पटक अलिक बढी रुचाइने चिज हो गजल,हो यही गजल क्षेत्रलाई फराकिलो बनाउने हेतुका साथमा विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित गायक अजर जंगमको एकल आवाज र बरिष्ठ गजलकार भुपेन्द्र महतको एकल सृजनामा चर्चित सर्जकहरुको उत्कृष्ट संगीता संयोजनमा गजल एल्बम “आकाश मिचिएको शहर”बिमोचन भएको छ ।परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ गायक तथा सर्जक प्रेम ध्वज प्रधान ,बरिष्ठ गीतकार डा.कृष्णहरि बराल ,बरिष्ठ गायक दिप श्रेष्ठ ,संगीतकार दिपक जंगम ,राजेन्द्र थापा ,संगीतकार हरि लम्साल ,किरण कडेल ,चर्चित गायिका कुन्ती मोक्तान ,बिना महत  ,राजु सिंह लगाए कलाकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।विन्ध्यवासिनी म्यूजिकका संचालक सुबास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक अजर जंगमले आफ्नै आवाजमा लाइभ एल्बमको २ ओटा गीत गएर सुनाएका थिए ।कार्यक्रममा सुभकामना व्यक्त गर्दै चर्चित गीतकार तथा साहित्यकार डा.कृष्णहरि बरालले भन्नु भयो “हुन त् गीत आउनु अगाबै गजलमा शिर्षकलेनै मलाइ तानेको थियो कौतुहलता थियो जस्तो शिर्षक थियो उस्तै सुन्दर सुन्दर शब्दमा अनुबन्धित गजलहरु रैछ ,आवाजमा झन् उत्कृष्ट रहेको हुदा अजर जंगमले भविष्यमा लाखौको मन जित्ने छन्”। संगै कार्यक्रममा परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले भन्नु भयो “मलाइ अजर जीले पहिलेनै आफ्नो आवाजबाट गीत सुनाएर मेरो मन जितिसकेका थिए अब गीत संगीतमा फेरी अर्को उत्कृष्ट गायकको रुपमा अजर देखिने छन”। कार्यक्रमको सभापति सुबास रेग्मीले आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्दै कार्यक्रमको बिशार्जन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी