भक्तपुर–९ मा नेमकिपा, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस

भक्तपुर–९ मा नेमकिपा, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ ।

नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्र लाछिमस्युले ६९२ र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गर्नुभएको छ । महिला सदस्य छोरी मैयाँ ह्यौमिखा तथा खुला सदस्यद्वयमा जितेन्द्र मुनकर्मी र ज्ञानकुमार मगजु विजयी भएका छन् ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–५ को वडाध्यक्षसहित समूह नै नेकपा(एमाले)ले जितेको छ । भर्खरै सार्वजनिक मत परिणामानुसार एमालेका राजकुमार जोशी एक हजार ४८० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण थापाले ८४६ प्राप्त गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा कमला पोखरेल सुवेदी, दलित महिला सदस्यमा गीता बिसुङ्खे तथा खुला सदस्यमा मनोज थापा र वासुदेव पोखरेल विजयी हुनुभएको छ ।
सूर्यविनायक– ६ का वडाध्यक्षमा भने काँग्रेसका रामेश्वर ध्वजू विजयी हुनुभएको छ । ध्वजूले ४९२ र उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णगोपाल त्वायनाले २३४ मत प्राप्त गर्नुभएको छ । विजयी हुने सदस्यमा काँग्रेसका तर्फबाट महिला सदस्य रमा गौतम, दलित महिला सदस्य सरला विक, खुला सदस्य राजेन्द्र त्वाती तथा एमालेका सुदाम केसी विजयी हुनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ३ को मतगणता स्थगन भएको छ । स्वस्तिक छापमा फरक रङको छाप लगाइएको पाइएको भन्दै विवाद भएपछि मतगणना स्थगन भएको हो ।

राप्रपाले फरक मसीको स्वस्तिक छापको प्रयोग भएको भन्दै
विवाद भएपछि मतगणना स्थगन भएको मतगणनास्थलबाट सुरक्षाकर्मीले जानकारी दिएको छ । विवाद भएर मतगणना रोकिएपछि प्रजि द्रोण पोखरेल, प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मासहित सर्वदलीय बैठक सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ