कावासोती नगरपालिकाको प्रमुखमा महिला नेत्री पुन विजयी

कावासोती नगरपालिकाको प्रमुखमा महिला नेत्री पुन विजयी

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नवलपरासी, ५ जेठ । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बन्नुभएको छ । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी बन्नुभएको छ ।

प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपप्रमुखमा कुल १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी खगिसरा गुरुङले ११ हजार ६९३ मत गर्नुभएको थियो ।

नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ, जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेका विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी बनेको छ ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा नवलपरासीका आठवटा स्थानीय तहमध्ये छवटा तहमा नेकाले विजय हासिल गरेको छ भने दुईवटा स्थानीय तहमा दोस्रो ठूलो दल नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

प्रमुख पदमा काँग्रेसका उम्मेदवार नगरपालिकातर्फ मध्यबिन्दु र देवचुली र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा विजयी बनेका हुुन् । यसैगरी नेकपा (एमाले) उम्मेदवार गैँडाकोट र कावासोतीमा विजयी बन्नुभएको छ । काँग्रेस चारवटै गाउँपालिकातर्फ हुप्सेकोटमा उपाध्यक्षबाहेक चार सबै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित विजयी बनेको छ ।

त्यसैगरी, नगरपालिकातर्फ पनि देवचुलीमा उपप्रमुखबाहेक प्रमुख र मध्यबिन्दुमा प्रमुख र उपप्रमुखमा काँग्रेसले विजय हासिल गरेको हो ।

नेकपा (एमाले)ले जिल्लाको गैँडाकोटमा उपप्रमुखबाहेक प्रमुखमा विजय हासिल गरेको छ भने कावासोतीमा भने प्रमुख र उपप्रमुखमा समेत विजयी हासिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ