बूढानीलकण्ठ ११, १२ र १३ मा एमाले विजयी

बूढानीलकण्ठ ११, १२ र १३ मा एमाले विजयी

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ४ जेठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ ।

वडा नं ११ का अध्यक्षमा राजु अधिकारीले एक हजार दुई सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्चूतप्रसाद पौडेलले एक हजार ५५ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी सदस्यहरुमा भगवती निरौला, रत्ना नगर्जी, विनोदकुमार तामाङ र विमल लामा विजयी भएका छन् ।

वडा नं १२ मा शम्भुप्रसाद भट्टराईले एक हजार ३८४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होमनाथ तिमल्सिनाले एक हजार २७ मत प्राप्त गर्नुभएको थियो । ती वडाका सदस्यहरु शान्ता ढकाल पुडासैनी, मीना बयलकोटी, पुरुषोत्तम नेपाल, दिल्लीप्रसाद खतिवडा विजयी भएका छन् ।

वडा नं १३ को अध्यक्षमा श्रीकृष्ण श्रेष्ठले एक हजार ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र श्रेष्ठले सात सय ५५ मत प्राप्त गर्नुभएको थियो । वडा सदस्यहरुमा रिना श्रेष्ठ, राममाया विक, श्याम श्रेष्ठ र मङ्गल नगरकोटी विजयी हुनुभएको छ ।

पछिल्लो मतगणना अनुसार, बूढानीलकण्ठ नगरपालिकाका प्रमुखमा एमालेकै उद्धवप्रसाद खरेलले चार हजार एक सय ४३ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका राजु श्रेष्ठले दुई हजार ९७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)का रवीन अधिकारीले एक हजार तीन सय ४ र राप्रपाका सानुकान्छा श्रेष्ठले नौ सय ५५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेश नेपालले जानकारी दिनुभयो ।

उपप्रमुखमा अहिलेसम्म एमालेकी रमादेवी राईले चार हजार ४५९, काँग्रेसकी सुभद्रा खड्काले तीन हजार ६४, माओवादीकी हेमा अधिकारीले एक हजार २४० मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका प्राविधिक राजकुमार भण्डारीका अनुसार कुल ४० हजार २१० मतदाता रहेको सो नगरपालिकामा ३० हजार ५६९ मत खोसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ