काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा एमाले विजयी

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा एमाले विजयी

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

धुलिखेल, ४ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।
सो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले विजयी हासिल गरेको हो । कोसीपारिस्थित सो गाउँपालिकामा एमालेबाट अध्यक्षमा गुमानध्वज कुँवरले तीन हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तस्बिर लामाले दुई हजार नौ सय ४९ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा एमालेकै कल्पना श्रेष्ठले तीन हजार पाँच सय ३६ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शान्ता क्षेत्री थापाले दुई हजार आठ सय ३० मत प्राप्त गर्नुभयो ।

यस्तै भूम्लु – १ बाट नेकपा (माओवादी केन्द्र)का खिरबहादुर श्रेष्ठ, वडा नं २ बाट एमालेका कृष्णकुमार, वडा नं ३ बाट स्वतन्त्र ज्ञानबहादुर तामाङ, वडा नं ४ बाट एमालेका लोकबहादुर कुँवर, वडा नं ५ बाट काँग्रेसका अञ्चलकुमार लामा, वडा नं ६ बाट एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ बाट एमालेका रमेशराज खरेल, वडा नं ८ बाट एमालेकै मोतीलाल तामाङ, वडा नं ९ बाट काँग्रेसका दलबहादुर तामाङ र वडा नं १० बाट काँग्रेसकै चित्रबहादुर लामा विजयी हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ