आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

  • बिहिबार, जेष्ठ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बेंग्लोर, जेठ ४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित तुल्याएको छ ।

बुधबार राति सम्पन्न म्याचमा पहिले ब्याटिङ गर्दै हैदरावादले सात विकेटको क्षतिमा १२८ रन बनाएको थियो । वर्षाले प्रभावित म्याचको दोस्रो इनिङ निकै ढिलो सुरु भएको थियो । ६ ओभरमा सीमित गरिएको दोस्रो इनिङमा कोलकता सामू जितका लागि ४८ रनको लक्ष्य दिइएको थियो ।

पहिलो ओभरमै कोलकाताले महत्वपूर्ण दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा अर्को एक विकेट गुमाएको कोलकातालाई लक्ष्य पुरा गर्न सुरुवाती झट्काले कुनै असर गरेन ।

दोस्रो क्वालिफायरमा कोलकाताले मुम्बई इन्डियन्सको सामना गर्ने छ । सो खेलको विजेताले फाइनलमा राइजिङ पुणे सुपरजाइन्टसँग उपाधिका लागि भिडन्त गर्ने छ । पुणले मुम्बईलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी