अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

धादिङ, ३ जेठ । उत्तरी धादिङको नेत्रावती गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दुर्गा शाक्यले एक हजार ६४६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकजङ्ग लामाले एक हजार ५७३ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका उर्मिला तामाङ एक हजार ५४२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी आशमाया तामाङले एक हजार ५९ मत प्राप्त गर्नुभयो ।

उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

अध्यक्ष पदमा चेरुङ तामाङ एक हजार ४८४ मत र उपाध्यक्ष पदमा विना लामा एक हजार ४०९ मतसहित विजयी हुनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ