रुकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी

रुकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

रूकुम ,३ जेठ ।

रुकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष उपाध्यक्ष सहित ८ वडामा विजय हासिल गरेको छ । त्यस्तै प्रतिस्पर्धी कांग्रेसले भने जम्मा २ वडामा मात्र जित हात पारेको छ ।

बुधबार विहान सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका झक्कुप्रसाद धर्तीले अध्यक्ष पदमा कुल २ हजार ९ सय ५८ मत ल्याएर नेपाली कांग्रेसका देववहादुर ओलीलाई १ हजार २ सय ९५ मतको अन्तरमा पराजित गर्दै विजय हात गर्नुभएको छ । प्रतिस्पर्धी कांग्रेसका ओलीको मत २ हजार ६ सय ६३ रहेको छ । त्यस्तै उपाध्यक्ष पदमा पनि कुल ३ हजार ९ सय ८० मत ल्याएर माओवादी केन्द्रकै निर्मला विष्टले कांगे्रसका देवी पुनलाई १ हजार ३ सय २८ मतको अन्तरमा पराजित गर्दै जित्नुभएको छ । उपाध्यक्ष पदका प्रतिस्पर्धी कांग्रेसका देवी पुनको कुल मत २ हजार ६ सय ५२ रहेको छ ।

माओवादी केन्द्र र कांग्रेसका बिचमा प्रतिस्पर्धा भएको यस गाउँपालिकामा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गणेशबहादुर खड्काले जम्मा ६ सय ५२ हत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष कल्पना खड्काले ६ सय ७७ मत प्राप्त गर्नुभएको छ । रुकुममा पहिलो चरणको निर्वाचन सम्पन्न भएको कुल ६ स्थान मध्य ४ स्थानको नतिजा आईसकेको छ । बाँकी दुई स्थानमा पनि मतगणना जारी रहेको छ । मगगणना जारी रहेको चौरजहारी र आठविकोट नगरपालिकामा पनि माओवादी केन्द्र नै अगाडी रहेको छ ।

 

रुकुम त्रिवेणी गाउँपालिकाको मतपरिणाम पूर्ण विवरण यस्तो छ

अध्यक्ष : झक्कुप्रसाद घर्ती (माओवादी केन्द्र) – ३९५८ (विजयी)

उपाध्यक्ष : निर्मला विष्ट (माओवादी केन्द्र) -३९८० (विजयी)
अध्यक्ष : देववहादुर ओली (कांग्रेस) – २६६३
उपाध्यक्ष : देवी पुन (कांग्रेस) – २६५२
अध्यक्ष : गणेशवहादुर खड्का (एमाले) – ६५२
उपाध्यक्ष : कल्पना खड्का (एमाले) – ६७७

* वडा नं. १ मा माओवादी केन्द्रका मोहोन किशोर ओली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. २ मा माओवादी केन्द्रका शोवाराम वोहोरा अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा माओवादी केन्द्रका मोहोन ओली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर खड्का रहेको प्यानल विजयी ।
* वडा नं. ५ मा माओवादी केन्द्रका खड्कबहादुर घर्ती अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ६ मा माओवादी केन्द्रका राजेन्द्र पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ७ मा कांग्रेसका विरबहादुर खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा माओवादी केन्द्रका मोहोन ओली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ८ मा माओवादी केन्द्रका कर्णबहादुर खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ९ मा माओवादी केन्द्रका विरवहादुर डाँगी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. १० मा कांग्रेसका शेरवहादुर केसी अध्यक्ष रहेको प्यानल विजयी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ