पछिल्लो मतपरिणाम : ५१ स्थानमा मतगणना सकियो ,कस्ले कहाँ जिते ?(सुचिसहित) -अपडेट

पछिल्लो मतपरिणाम : ५१ स्थानमा मतगणना सकियो ,कस्ले कहाँ जिते ?(सुचिसहित) -अपडेट

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, जेठ ३।  वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको पछिल्लो मतपरिणम अनुसार एमाले अग्रस्थानमा देखिएको छ ।

चार महानगरपालीका सहित ३४ जिल्लामा जारी मतगणना मध्ये हाल ५१ स्थानमा सकिएको खबर छ । त्यसमध्ये आज बिहान १ बजेसम्म जम्मा ५१ स्थानको मतगणना सकिएको त्यसमा २६ स्थानिय तहमा जित हात पार्दै नेकपा एमाले अगाडि छ ।

यस्तै काग्रेसले २२ स्थानमा जित हात पारेको छ । माओवादी केन्द्रले १५ स्थानमा हात पारिसकेको छ । त्यसैगरी, अन्यले २ स्थान जितेका छन् ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मङ्गलबारबाट मतगणना कार्यले झनै गति दिने जानकारी दिनुभयो ।  आयोगले राजनीतिक दलहरूलाई मतगणना कार्यलाई सहज बनाइदिन पनि आग्रह गरेको छ ।  सानातिना विषयमा पनि उम्मेदवारहरूले अडान राख्न थालेपछि मतदानमा खटिएका कर्मचारी नै समस्या परेपछि आयोगले यस्तो आग्रह गरेको हो ।
२४५ स्थानीय तहको मतगणना कार्य जारी छ भने लमजुङ जिल्लाको एउटा स्थानीय तहमा विवादका कारण रोकिएको मतदान कार्य बुधबार बिहानबाट सुरु हुनेछ ।  पाँच वटा स्थानीय तहमा पुनः निर्वाचनको मिति तोकिएको छ ।  काठमाडौँ उपत्यकाससहित चार महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूको मतगणना कार्य जारी रहेको छ ।
नेकपा एमालेले डोल्पाको शे फोक्सुन्डो, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिका, मनाङको चामे नगरपालिका, स्याङजाको फेदिखोला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नेस्याङ गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका, कास्की मादी गाउँपालिका, तनहुँको देवघाट गाउँपालिकालगायत अध्यक्ष पदमा विजयी भएको छ ।
नेपाली काँग्रेसले मनाङ नारफू गाउँपालिका, बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङको लोमान्थाङ गाउँपालिका जुम्लाको पातारासी गाउँपालिका, जाजरकोटको कुशे गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिका, मुस्ताङको थासाङ गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, दैलेखको डुंगेश्वर गाउँपालिका, नवलपरासीको बुङ्दीकाली गाउँपालिकालगायतमा विजयी भएको छ ।
माओवादी केन्द्रले जुम्लाको हिमा गाउँपालिकार गुठीचौर गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, सिन्धुलीको मरिन गाउँपालिका, रुकुमको मुसिकोट नगरपालिकालगायतमा विजयी भएको छ ।  हिमाली जिल्लाका केही मतदान केन्द्रको मतपेटिका स्थल मार्गबाट सङ्कलन गर्न कठिन भएकाले मङ्गलबार बिहान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको तीन मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइएको छ ।  रसुवा, गोरखा, म्याग्दी, धादिङ, डोल्पा जिल्लाको विकट ठाउँमा रहेका  मतदान केन्द्रका मतपेटिका सोमबार नै हेलिकोप्टरबाट सङ्कलन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ