भरतपुर महानगरमा रेणु दाहाल अझ पछाडि : मेयरमा एमाले ,उपमेयरमा काँग्रेस अगाडि(अपडेट)

भरतपुर महानगरमा रेणु दाहाल अझ पछाडि : मेयरमा एमाले ,उपमेयरमा काँग्रेस अगाडि(अपडेट)

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चितवन ,२ जेठ । भरतपुर महानगरपालिकामा मतगणनाको मंगलबार साँझसम्मको परिणाममा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।

एमालेका ज्ञवालीले  १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

उपमेयरमा काँग्रेसकी पार्वती शाह १११२ मतका साथ अगाडि छिन्। एमालेकी दिव्य शर्मा १०४५ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

प्रधानमन्त्री पुत्री रेणु दाहालका पक्षमा भरतपुरमा काँग्रेस माओवादीबीच चुनाबी तालमेल छ। सुरुदेखि नै एमालेका ज्ञवालीले अग्रता लिएका थिए। सोमबार राति केही समय भने माओवादीकी दाहालले अग्रता लिएर चर्चा पाएकी थिइन्। मंगलबार बिहान नहुँदै फेरि मतपरिणामको ग्राफ परिवर्तन भएर एमालेका ज्ञवालीले अग्रता लिएका थिए। साँझको परिणाममा उनले अग्रता अझ बढाएका छन्।

गठबन्धनलाई गएका केही मतहरु बदर भएका छन्। भरतपुर महानगरपालिकाको वडा नं.१ (रामनगर क्षेत्र) बाट गणना भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर पदको उम्मेद्वार रहेको भरतपुरको परिणामबारे सर्वसाधारणमा बढी नै चासो छ। जित्ने बलियो सम्भावना रहेको ठाउँमा मेयर पद फिर्ता लिएर काँग्रेसले माओवादीकी दाहाललाई समर्थन गरेको थियो। तालमेलप्रति स्थानीय काँग्रेस कार्यकर्ता सुरुदेखि नै आक्रोशित थिए।

काँग्रेसको मत माओवादीलाई नजाने सम्भावना बढ्दै गएपछि दुवै दलहरुले संयुक्त अभियान चलाएका थिए। काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटै मञ्चबाट तालमेलअनुसार मतदान गर्न अाग्रह गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ