कम्युनिष्ट पार्टीद्धारा माल्कोट घटनाको बिरोधमा मुलुकभर प्रदर्शन , ६ जना नेता कार्यकर्ता राजधानीबाट पक्राउ

कम्युनिष्ट पार्टीद्धारा माल्कोट घटनाको बिरोधमा मुलुकभर प्रदर्शन , ६ जना नेता कार्यकर्ता राजधानीबाट पक्राउ

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, जेठ २ ।

नेपाल कम्युनिस्ट पार्टीले आज कालिकोटको माल्कोट घटनाको बिरोध गर्दै आज मुलुकभर प्रदर्शन गरेको छ ।

माल्कोटमा प्रहरीको गोलि लागी धनरुप बटालाको मृत्यु भएको घटनाको बिरोधमा आज कम्युनिष्ट पार्टी मुलुकभरका सबै जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गरेको हो ।

सरकारले अधिकारका लागि संघर्षरत जनतामाथि फासिवादी शैलीमा दमन गरेर अधिकार लागि लडिरहेका जनताको हत्या गरेको भन्दै त्यो कदापि स्वीकार्य नहुने जनाएके छ ।

सोहि क्रममा आज उपत्यकाका तीनै जिल्ला काठमाण्डौ , ललितपुर र भत्तपुरमा बिरोध प्रदर्शन गरेको थियो । सोहि क्रममा काठमाण्डौको असनबाट ६ जना नेकपाका नेता कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुदर्शन, जयसिंह, बिजय, भृकटी, लोकन्द्र र यज्ञमान रहेको जनाईएको छ । उनीहरुलाई दरबारमाग र अनामनगर प्रहरी प्रभाग तथा विसालबजारको जनसेवा प्रहरीमा राखिएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टिले पक्राउ परेका सबै नेता कार्यकर्तालाई विनाशर्त तत्काल रिहाई गर्न माग पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ