रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी

रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

म्याग्दी, २ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा ९एमाले०का वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् ।

रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा ९एमाले०का नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ ।

एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी