पछिल्लाे मतपरिणाम : काठमाणडाैका ६ नगरपालीकामा एमाले ,४ मा काग्रेसकाे अग्रता

पछिल्लाे मतपरिणाम : काठमाणडाैका ६ नगरपालीकामा एमाले ,४ मा काग्रेसकाे अग्रता

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं,२ जेठ ।

स्थानीय तह पहिलो चरणकाे निर्वाचन अन्तर्गत काठमाडौंका एक महानगर र १० वटा नगरपालिकामा नेपाली काग्रेस र नेकपा एमालेकाे कडा प्रतिस्पर्धा देखिएकाे छ ।

साेमबार मध्यान्हबाट सुरू भएकाे मतगणाना अनुसार १० नगरपालिकामध्ये ६ नेकपा एमालेले अग्रता लिएको छ। भने ४ नगरपालिकामा नेपाली कांग्रेस अगाडी छ। कीर्तिपुर, दक्षिणकाली, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, नागार्जुन र शंखरापुरमा एमालेले अग्रता छ।

गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, तार्केश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा काँग्रेसको अग्रता रहेको छ।

गोकर्णेश्वर नगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा नेपाली काँग्रेस सन्तोष चालिसले ५८८, एमालेका पुण्य चौलगाईं ४१४ र माओवादीका टिअार नेपालले २६० प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नेपाली कांग्रेस ४९३, एमाले ४४६ र माओवादी २७६ मत पाएका छन्। टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १०७४ र एमाले ७११ प्राप्त गरेका छन् । उपमेयर पदमा भने नेपाली कांग्रेसले ८०७ र एमाले ७९९ ल्याएका छन्  ।

तार्केश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले ९४, एमाले ८६, माओवादी ५७ र राप्रपा १७ प्राप्त गरेका छन् । यता उपमेयर पदका लागि नेपाली कांग्रेसले ९२, एमाले ९०, माओवादी ५२ र गाई १५ ल्याएका छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले १२९२, एमाले ५९०, माओवादी ६४४ र राप्रपाले ८१ ल्याएका छन् । त्यस्तै उपपमेयरमा भने नेपाली कांग्रेस ९०२, एमाले ६६१, माओवादी ७६० र राप्रपाले १० मत ल्याएको छ।

नागार्जुन नगरपालिकाको मेयरमा भने एमालेले अग्रता लिएको छ ।  मेयरमा एमाले ५९३ र नेपाली कांग्रेस ५७० मत ल्याएका छन् भने उपमेयर पदमा नेपाली कांग्रेस ३२० र एमाले ४२१ प्राप्त गरेका छन्। त्यस्तै किर्तिपुर नगरपालिका र दक्षिणकाली महानगरपालिका भने एमाले अग्रता लिएको छ।

कागेश्वरी मनोहरामा नगरपालिका मेयर पदमा  एमालेले ६९६ र नेपाली कांग्रेसले ६४४ ल्याएका छन्। त्यस्तै उपमेयरमामा एमालेका ७१७ र नेपाली कांग्रेस ६४४ प्राप्त गरेका छन् ।

शङ्खरापुर नगरपालिकाको मेयर पदमा एमाले ८५८, माओवादी ५७० र नेका ४०३ ल्याएका छन् । उपमेयरमा भने एमाले ९१५,माओवादी ६४४  र नेपाली कांग्रेसले ३५३ ल्याएका छन् ।

बुढानीलकण्ठ नगरपालिकामा भने मेयर पदमा एमालेले अग्रता लिएको छ । एमालेले १००३, नेपाली कांग्रेसले ६६८ र माओवादीदे १९३ ल्याएका छन् । त्यस्तै उपमेयरमा भने एमालेले ९८३, नेपाली कांग्रेस ६४३ र माओवादीले १८४ प्राप्त गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ