पोखरा महानगरपालिकामा एमालेको अग्रता

पोखरा महानगरपालिकामा एमालेको अग्रता

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

पोखरा , १ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा मगतगणना जारी रहेको छ। खसेको एक सय मत गणना गर्दा नेकपा एमाले अग्रता लिएको छ। मेयर पदमा नेकपा एमालेका मानबहादुर जिसीले ५१ मत र नेपाली कांग्रेका रामजी कुँवरले ३३ मत प्राप्त गर्नु भएको छ।

उपमेयर पदमा नेपाली कांग्रेसकी सरस्वती गुरुङले ३० मत प्राप्त गर्नु भएको छ। नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले ४७ मत पाउँनु भएको छ।

पोखरा लेखनाथमहानगर पालिकामा १२ बजेदेखि मतगणना सुरु भएको हो। देशकै ठूलो महानगरपालिकाको १ नम्वर वडा वाट मतगणना सुरु भएको हो। पोखराको बगर स्थित नगर प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको छ। महानगरमा ३३ वडा रहेका छन्।

पोखरा महानगरमा १ लाख ६८ हजार ६७ मतदाता रहेका छन्। आइतबार भएको चुनावमा एक लाख २५ हजार ६ सय १४ मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो। कास्कीका ४ वटै गाउँ पालिकामा पनि मतगणना सुरु भएको छ। कास्कीमा अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका र माछापुच्र्छे गाउँ पालिका गरि ४ गाउँ पालिका रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ