प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको प्रमाण माल्कोट घटना : विप्लव(विज्ञप्ती सहित)

प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको प्रमाण माल्कोट घटना : विप्लव(विज्ञप्ती सहित)

चुनाव खारेजी अभियानमा सरकारको दमन बिरुद्ध आन्दोलनको घोषणा

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ ,१ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेजी अभियानका क्रममा सरकारले हदैसम्मको दमन प्रयोग गरी जनताको हत्या गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज विज्ञप्ती निकालेर देशभर भएको दमन तथा कालिकोट माल्कोटमा भएको घटनाप्रति घोर आपत्ति जनाउदै संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो ।

महासचिव विप्लवले स्थानीय निर्वाचनलाई खारेज गर्ने क्रममा सरकारले गोली चलाउने आदेश दिँदा पनि देशभर जनताले सशक्त प्रतिरोध गरेको बताउनु भयो ।
माल्कोटे जनतामाथि अपराधिक शैलीमा सरकारले गरेको दमनलाई कायरतापूर्ण भएको विज्ञप्तीमा उल्लेख छ ।
घोषित कार्यक्रमहरुमा जेठ २ गते देशभर विरोध प्रदर्शन र जेठ ५ गते देशव्यापी शोकसभाको आयोजना गरिने जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण माल्कोट घटना भएको भन्दै विप्लवले कालिकोटका जनताले चुनाव खारेज गरेपछि सरकार फासिस्ट रुपमा जनताविरुद्ध उत्रेको बताउनु भयो ।

“जनविरोधी दलाल संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो । जनअधिकारको सम्मान गर्नुको साटो श्रमिक जनतामाथि फासिवादी दमन गर्नुले राज्यको फासिवादी चरित्र उदाङ्गो भएको छ । त्यसमा पनि प्रचण्ड सरकारले दृढतापूर्वक जनयुद्ध लडेका र अपुरणीय बलिदान गरेका माल्कोटे जनतामाथि अपराधिक शैलीमा दमन गर्नु हदैसम्मको निन्दनिय कार्य हो भने प्रचण्ड प्रतिकृयावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण पनि हो” विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कम्युनिष्ट पार्टीले कालिकोटको माल्कोटमा प्रहरीको गोलि लागेर मृत्यु भएका धनरुप बटालालाई नेपाली क्रान्तिका महान सहित घोषणा गरेको छ ।

माल्कोटको नन्दादेवी माविको मतदान केन्द्रका मतपेटिका कब्जा गर्ने क्रममा स्थानिय र प्रहरीबीच झडप हुदा बटालाको मृत्यु भएको हो भने कुलबहादुर बटाला र ब्यासी बिक गम्भीर घाइते भएका छन् । उनिहरुको उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ