रसुवा, १ जेठ ।
रसुवाको २७ वडामध्ये दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् ।
उत्तरगया १ को वडा अध्यक्षमा दुई सय ७६ मत सहित नयाँ शक्तिका बमबहादुर तामाङ विजयी हुनुभएको छ भने महिला सदस्यमा पनि नयाँ शक्ति कै मञ्जु तामाङ विजयी हुनुभएको छ ।
यस्तै पार्वतीकुण्ड गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी हुनुभएको छ । उहाँले एक सय ४६ मत ल्याउनु भएको छ ।
महिला सदस्यमा एक सय ६२ मतका साथसोनाम तामाङ, खुल्ला सदस्यमा एक सय ६७ मतका साथ दोर्जे तामाङ र एक सय ५९ मतका साथ निमा दोर्जे तामाङले एमालेका तर्फबाट विजयी भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline