ललितपुर गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

ललितपुर गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,१ जेठ ।

ललितपुरको गोदावरी नगरपालिकामा काग्रेस र महाँकाल गाउँपालिकामा एमाले विजयी भएको छ ।

आज बिहान आएको अन्तिम मतपरिणम अनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।

ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत प्राप्त गर्नुभएको थियो । यस्तै काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ