अाजबाट मतगणना सुरु , थाहा नगरपालिकामा एमाले अगाडी

अाजबाट मतगणना सुरु , थाहा नगरपालिकामा एमाले अगाडी

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, जेठ १ । 

दुई दशकपछि सफलतापूर्वक सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना केही स्थानमा आइतबार राति अबेर सुरु भए पनि अधिकांश स्थानमा भने मतगणना सोमबार मात्र सुरु हुने भएको छ ।

ललितपुर, रुकुम, मनाङ, मुस्ताङलगायत जिल्लाका कतिपय स्थानीय निकायमा भने राति अबेरदेखि मतगणना सुरु भएको छ ।  स्थानीय स्तरमा खटिएका कर्मचारी तथा दलका कार्यकर्ताको सहमतिमा मत गणना सुरु गरिने छ ।
निर्वाचन सम्पन्न भएपछि उम्मेदवार तथा मतदाताहरू मत परिणामको व्यग्र प्रतीक्षामा देखिएका छन् ।  पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान सम्मन्न भएका स्थानमा मतदानकेन्द्रबाट मतपेटिका गणनास्थलमा जम्मा गर्ने काम राति अबेरसम्म भयो ।  अधिकांश स्थलमा सोमबार विहानदेखि मात्र मत गणना शुरु हुने सम्वद्ध अधिकारीहरूले बताइएका छन् ।

उता , मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमाले अगाडी रहेको छ । वडा नम्बर पाँचको चार सय मत गणना हुँदा नेकपा एमालेको मेयर उम्मेदवार विष्णु ढकालले एकसय ५६, उपमेयर उम्मेदवार कल्पना बलामीले एकसय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवन प्रशाद आचार्यले बताउनुभयो ।

काँग्रेस, माओवादी केन्द्र एलाइन्सका मेयर उम्मेदवार लवशेर विष्टले एकसय ४० र उपमेयर उम्मेदवार खड्ग गोपालीले एकसय २५ मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । थाहामा राती एक बजेदेखि मत गणना जारी छ ।  यसैगरी बाग्मती र मनहरी गाउँपालिकामा पनि मत गणना जारी रहेको छ । प्रारम्भिक मत परिणाम आइसकेको छैन ।

हेटौँडा उपमहानगरपालिकामा भने आज बिहान ७ बजेदेखि हुने भएको छ । दलहरुबीच आइतबार राती भएको छलफलमा बिहान ७ बजदेखि मतगणना गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृत दयाराम ढकालले बताउनुभयो । मत गणना जिल्ला समन्वय समितिको हलमा गरिने उहाँले जानकारी दिनुभएको छ । अन्य ६ गाउँपालिकामा भने मत गणना सुरु भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ