काठमान्डौ ,बैशाख ३१ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले स्टोक सिटीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनललाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा मेसुत ओजिल र अलेक्सिस सान्चेजले एक–एक गोल गरेका हुन् । यस्तै राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई २– १ ले पराजित गरेको छ ।
रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ३६ खेलबाट ७२ अंक जोड्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७० अंक जोडेको लिभरपुल चौथो स्थानमा छ भने पाँचौ स्थानको आर्सनलको ६९ अंक छ ।
एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेडको ६५ अंक छ । यी चारवटा टोलीहरुमध्ये दुई टोली अर्को सिजनको च्याम्पियन्स लिग छनौटमा पुग्नेछन् ।
प्रिमियर लिगमा गएराति सन्डरल्याण्डलाई २ – ० ले हराउँदै स्वान्सी सिटीले रेलिगेसनबाट जोगिने सम्भावना बलियो पारेको छ ।
रातिको जितसँगै स्वान्सी सिटी तालिकाको १७ औं स्थानमा उक्लिएको छ । ३७ खेलबाट उसको ३८ अंक छ । एक खेल बढी खेलेको हल सिटीको ३४ अंक छ ।