आज साँझबाटै मतगणना सुरु गरिने, निर्वाचन आयोगद्धारा ११ बुँदे निर्देशन समेत जारी

आज साँझबाटै मतगणना सुरु गरिने, निर्वाचन आयोगद्धारा ११ बुँदे निर्देशन समेत जारी

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ३१ वैशाख ।
स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगको भनाई छ ।

मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने आयोगका प्रवत्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता शर्माले बताउनु भएको छ । काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना सुरु गर्ने जनाएको छ ।

यसका लागि निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन समेत जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ