माओवादी केन्द्रका उम्मेदवारद्धारा मतदान बहिस्कार गर्न अपिल ,सिंगो पार्टी कमिटीले नै गर्यो पार्टी परित्याग

माओवादी केन्द्रका उम्मेदवारद्धारा मतदान बहिस्कार गर्न अपिल ,सिंगो पार्टी कमिटीले नै गर्यो पार्टी परित्याग

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

३१ बैशाख,हुम्ला ।

मतदानकै दिन हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका १ नम्बर वडा जैरमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित सिंगो पार्टी कमिटीले विद्रोह पार्टी परित्याग गरेको छ । साथै मतदानमा भाग नलिन मतदातासँग अपिल गरेको छ ।

उनीहरुसँगै पार्टीका जिल्ला सचिवालय सदस्य  तथा वडाध्यक्ष उम्मेदवार तारासिंह रावत, सर्केगाड गाउँपालिका कमिटीका उपाध्यक्षसमेत रहेका छन् । उनीहरुसँगै पार्टीका जिल्ला सचिवालय सदस्य, सर्केगाड गाउँपालिका कमिटीका उपाध्यक्षसमेत रहेका छन् । उनीहरुले मतदान बहिस्कार गरेका छन् ।

माकेको जिल्ला संगठनले गाउँपालिका स्तरमा एमालेसँग तालमेल गर्ने निर्णयअनुसार १ नम्बर वडामा पनि एमाले उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेपछि यस वडाबाट माकेको सिंगो कमिटीले विद्रोह गरेको हो ।

उम्मेद्धार रावतले गाउँपालिका स्तरमा तालमेल भएपनि आफ्नो वडामा भने उम्मेदवारी दिने निर्णय भएको बताए । तर जिल्ला पार्टीले उम्मेदवारी फिर्ता लिई एमालेसँगको तालमेल गर्न दबाब दिएपछि आफूलाई उक्त कुरा अस्वीकार भएको उनले बताए । मतदातालाइ मतदान नगर्न पनि रावतले अपिल गरे ।

जिल्ला पार्टीले निर्देशन नमान्नेलाई कारवाही गरिने भन्ने पत्र गाउँ पार्टी कमिटीलाई थमाएपछि सिंगो गाउँ कमिटीले राजीनामा दिएको रावतले बताए । माथिल्लो कमिटीले तल्लो कमिटीलाई पेल्ने रणनीतिविरुद्ध आफूहरुले विद्रोह गरेको गाउँ कमिटीका अध्यक्ष तिर्थ बुढाले बताए ।

आफूहरुको पार्टीको माथिल्लो कमिटीको तानाशाही प्रवृत्तिका कारण मतदान प्रक्रिया बहिस्कारबाट बिथोल्ने स्थितिमा पुग्न बाध्य बनाइएको मिर्मिरे अनलाईनलाई बताए ।

पार्टी विद्रोह गर्नेहरुमा गाउँ कमिटीका अध्यक्ष बुढा, उपाध्यक्ष रामे रावत, सचिव गोरा सुनार, सर्केगाड गाउँपालिका सदस्य लक्ष्म नेपाली तथा गाउँपालिका उपाध्यक्ष कालीबहादुर बुढासहित एक दर्जन रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ