थानकोट , ३१ बैशाख ।
स्थानिय तह निर्वाचनको पूर्वसन्ध्यामा थानकोटमा बम फेला परेपछि आज बिहानैदेखि प्रहरीले सो क्षेत्रका स्थानियवासीमाथि निगरानि बढाएको छ ।
थानकोटको मंगजयमावी मतदान केन्द्र आसपासका स्थानियबासिको घर घरमा गई प्रहरीले खानतलासी गरेको खबर छ ।
थानकोट बजारको तल्लो भागमा रहेको उक्त स्थानका एक स्थानियले आफ्नो नाम नबताउने सर्तमा आफुहरुको घरमा आई सर्च गरेर प्रहरीले जनतालाई आतङकित बनाउन खोजेको बताएका छन् ।
स्थानियले नै बम राखेको हुन सक्ने भन्दै प्रहरीले सुरक्षाका नाममा जनतालाई दुख दिएको भन्दै उनीहरुले देखेसो पोखेका छन् ।
उता थानको प्रहरीमा यसबारे बुझ्दा डिएसपि कृष्ण प्रसाद पंगेनीले हिजो दुई वटा सकेट बम भेटिएकोले सुरक्षा ब्यवस्था बढाईएके भएपनि जनताको घरमा गएर खानतलासि नगरेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline