पहिलो चरणको २ सय ८३ स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु

पहिलो चरणको २ सय ८३ स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं, बैशाख ३१ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत आज पहिलो चरणमा तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा मतदान भइरहेको छ । पहिलो चरणमा निर्वा्चित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका निर्वाचन सुरु भएको हो ।

यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नयाँ नेतृत्व चुनिने छ । यसैगरी २ हजार ५ सय ९८ वडामा पनि निर्वा्चित प्रतिनिधि चुनिने छन् । नगर प्रमुख र उपप्रमुखमा ९७, गाउँपालिका प्रमुख÷उपप्रमुख १ सय ८६ जना चुनिने छन् ।
यसैगरी महिला सदस्य २ हजार ५९८, दलित महिला सदस्य २ हजार ५ सय ९८ र दुई जना वडा सदस्य गरी ५ हजार १ सय ९६ जना चुनिने छन् । १३ हजार ५५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्दै छन् ।

यसका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएको छ । ३ सय २९ जना भने निर्विरोध चुनिसकेका छन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले सरकारी निकायवाट जारी गरिएको परिचयपत्रका आधारमा मतदान गर्न सक्ने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले मतदाताको सुरक्षाको पूर्ण प्रत्याभुति हुने भन्दै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आग्रह गर्नु भएको छ । आयोगले निर्वाचनलाई स्वच्छ र निस्पक्ष ढंगले सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह गर्दै बदर नहुने गरी मतदान गर्न आग्रह समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ