दोलखा ,३१ बैशाख ।
स्थानिय तह निर्वाचनको दिन आज दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।
बैत्वश्वरको गैरमुदी केन्द्रमा अज्ञात व्यक्तिले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख रविन कार्कीले बताउनु भयो ।
हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।
बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताउनु भयो ।
एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ ।
यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको छ भने बिगुको आलम्बुमा गएरातिको झगडाले मतदान सुरु भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline