काठमाण्डौ , ३० बैशाख ।
नेपाली सांगितिक क्षेत्रमा छोटो समयमा चर्चा कमाउन सफल गायक सिमान्त सन्तोस पुन अर्को गित तत्काल वजारमा लिएर आउने भएका छन् ।
उचाई एल्वमबाट सांगितिक यात्रा सुरु गरेका सिमान्तले छिट्टै नै नयाँ गित “छुटाई गयौ किन कुन्नी” बजारमा ल्याउदै छन् । उक्त बोलको गित रेकड पनि भईसकेको छ ।
विगत ३ बर्षदेखि औपचारीक रुपमा सांगितिक यात्रा सुरु गरेका सिमान्तले आफ्नो पहिलो गीत मेरो दिल दुखायौ के पायौँ बाट नै दर्शक श्रोताको मन जित्न सफल भएका थिए ।
झापाको बनीयानी कचनकवल गाउँपालीका वडा नम्बर ६ मा जन्मिएर हाल काठमाण्डौमा रहदै आएका सन्तोश सानै देखि सांगितिक क्षेत्रमा रुची राख्ने गर्थे ।
स्कुलमा कुनै कार्यक्रम हुदा होस् या गाउ घरमा केहि कार्यक्रम भएका बेला सधै गित गाउन तम्सन्थे र गाईहाल्थे । त्यतिमात्र हैन उनी मोडलिङ गर्ने र अभिनय समेत गर्ने गर्दथे ।
हालसम्म दर्जनौ बढी गीतहरुमा आफ्नो स्वर दिएका सागितिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका उनी नेपाल तथा भारतका बिभिन्न स्थानमा स्टेज प्रस्तुती पनि दिईसकेका छन् ।
