काठमाण्डौ ,३० बैशाख ।
स्थानिय तह निर्वाचन आउन केहि घण्टा बाकीँ रहदा मतदान केन्द्र नजिकै बम बिष्फोटका घटनाहरुमा पनि बृद्धि भएको छ ।
शनिवार राति १० देखि ११ बजेको बचीचमा काठमाण्डौका तीन मतदान केन्द्र नजिकै शक्तिसाली सिलिण्डर बम बिस्फोट भएको खबर छ ।
नागार्जुन नगरपालीका स्थीत डाडापौवाको सामुदायीक स्कुलको मतदान केन्द्र नजिकै सिलिण्डर बम बिस्फोट भएको जनाईएको छ ।
शनिवार राति करिब पौने १० बजेतिर ठुलाे अावाजमा बम बिस्फोट भएको स्थानियले बताईएको छ ।
एक स्थानीयका अनुसार ठूलो आवाजमा भएको विस्फोटपछि मतदाता मत खसाल्न नजाने पक्षमा पुगेका छन् । चुनावकाे दिन नजिकिँदै जाँदा विस्फाेट घटना बढ्दै गएकाे छ । विस्फोट साँखुको मतदान केन्द्र नजिकै भएको थियो । विस्फोटपछि केन्द्र सुरक्षामा खटिएका सुरक्षाकर्मी तितरवितर भएको नाम उल्लेख नगर्ने सर्तमा ती स्थानीयले बताए । स्थानीयमा मत हाल्न जाने कि नजाने भन्ने त्रासमा परेको बताएका छन् ।
विस्फोटपछि स्थानीयको घरमा सुरक्षाकर्मीले तलासी लिनुका साथै सर्वसाधारणलाई दुःख दिन थालेको स्थानियले बताए । यस्तै दक्षीणकाली नगरपालीका फाखेल वडा नम्बर ४ मा पनि सिलिण्डर बम नै बिस्फोट भएको छ । काठमाण्डौ र मकवानपुरको सिमानामा रहेको ईन्द्रसरोबर गाउँपालीका नजिकै रहेको मतदान केन्द्र नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ ।
यता, थानकोट स्थीत ढुद्धगे अड्डा नजिकै राति ११ बजे सिलिण्डर बम बिस्फोट भएको खबर प्राप्त भएको छ ।