भोट हाल्न प्रोत्साहन : मतदातालाई घर नफर्कुञ्जेलसम्म सेना र प्रहरीको सुरक्षा

भोट हाल्न प्रोत्साहन : मतदातालाई घर नफर्कुञ्जेलसम्म सेना र प्रहरीको सुरक्षा

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, बैशाख ३० ।
भोलि हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बढीभन्दा बढी मतदाताले निर्वाध रूपमा भोट हाली आफ्नो नैसर्गिक अधिकारको प्रयोग गर्न पाओस् भन्ने हेतुले सरकारले मतदाताहरूलाई सुरक्षा दिन सुरक्षा व्यवस्थासमेत थप कडा पारेको छ ।

गृहसचिव लोकदर्शन रेग्मीले आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभूति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनै पनि अप्रिय घटना नहोस् भनेर गृह प्रशासन निकै गम्भीरताका साथ रातदिन नभनी काम गरिरहेको छ ।’

सचिव रेग्मीले निर्वाचन लक्षित गरेर केन्द्रीय, क्षेत्रीय र स्थानीय सुरक्षा योजनाअन्तर्गत नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै देशैभर सरकारले बलियो सुरक्षा कबजभित्र राखेको स्पष्ट दाबी गरे ।

उनले निर्वाचन बिथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारबाही बढाएपछि अहिले त्यस्ता घटनाक्रमहरू पनि न्यून देखिएको बताए ।

उनले भने, ‘निर्वाचन बिथोल्ने अनुमान देखिएपछि हामीले यसमा व्यापक निगरानी बढाएका थियौं, अहिले त्यस्तै घटनाहरू अत्यन्तै न्यून देखिएका छन् ।’ उनले सुरक्षा योजनामा मतदाताहरूले मत हाल्ने आउनेदेखि लिएर मत हालेर घर फर्किउञ्जेलसम्म पनि सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए ।

उनले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउञ्जेलसम्म सरकारले बलियो सुरक्षाको प्रबन्ध गरेको छ ।’

सचिव रेग्मीले नेपालको भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा भीर, पाखा र डाँडा काँडा भएकोले गृह प्रशासनले सुरक्षा चेकजाँच केन्द्र समेत राख्ने व्यवस्था मिलाएकोले निर्भिक भएर मत हाल्नको लागि सम्पूर्ण मतदाताहरूलाई आग्रह गरे । उनकाअनुसार हालसम्म सरकारले एक सय ७० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ