काठमाडौं ,३० बैशाख ।
स्वाथ्यमन्त्री गगन थापाले मतदातालाई पैसा बाँडेको भन्दै एमाले कार्यकर्ताले लखेटेका छन् ।
मन्त्री थापा शनिबार विहानै निजि गाडी चढेर मतदाताको घरमा पुगेपछि स्थानीयले विरोध गरेका थिए । ‘गगनेलाई ठोक’ एमाले कार्यकर्ताहरुले काठमाडौँको जोरधारादेखि कपनसम्म लखेटेका हुन् ।
मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यहीक्रममा उनलाई एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी र गालीगलौजका साथै गाडीमा ढुंगा प्रहार गरेका थिए ।
मन्त्री थापाले आचारसंहिता उल्लंघन गर्दै मतादतालाई प्रभावित पारेको भन्दै एमालेले विरोध गरेको छ ।भाग्ने क्रममा मन्त्री थापाको गाडीले एमाले कार्यकर्ता उज्ज्वल दाहाल चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइलक सडकमा पल्टिएको थियो भने दाहाल घाइते भएका छन् ।
जोरधाराबाट हृयाण्ड बल ग्राउण्ड हुँदै निस्कने क्रममा मन्त्रीको गाडीमा पछाडिबाट ढुंगा हानिएको प्रहरीले जनाएको छ । मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए ।